अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो । ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउनका लागि बजेट पठाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । पाँच शैय्याको अस्पतालका…