काठमाडौँ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् । आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर…