विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्ने, स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ (कोरोना बाहेक) रहेकालाई प्राथमिकीकरण गरेर सरकारले ल्याउन लागेको हो । मन्त्रिपरिषद्को बैठकले यसअघि नै विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा…