काठमाडौं । बैंकहरूले सबै किसिमका निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत ब्याजदर १ प्रतिशत विन्दुले घटाएको केही दिनपछि वाणिज्य बैंकहरूले पनि व्यक्तिगत निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुले नै घटाउने निर्णय गरेका हुन् । यसअघि राष्ट्र बैंकले त्यस्तै नीतिगत सुधार गर्दा ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका बैंकहरू अहिले भने मिलिजुली ब्याज घटाउन तयार भएका हुन्…