बिर्तामोड । इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख मान बहादुर जिम्वाको संरक्षणमा चौपाय तस्करी भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । सई जिम्वा आएदेखि सो क्षेत्रमा चौपाय तस्करी बढिरहेको बताइएको छ । उनैको सहयोगमा भारतीय व्यापारीले चौपाय तस्करी गरिरहेको भेटिएको छ । गत आइतबार जिल्ला प्रहरीका सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको चौपाय रातारात गायव भएपछि प्रहरीले नै…