काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको…