प्रत्यारोपणको लागि प्रम ओली आज अस्पताल भर्ना हुने

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । पर्सि बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै हुनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उहाँलाई बुहारी नाता पर्ने…