अर्जुनधारा सर्वेक्षण : ५३ प्रतिशत नगरवासी वडा कार्यालयको सेवाबाट सन्तुष्ट

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा गरिएको एक सर्वेक्षणले ५३ प्रतिशत नगरवासीहरु वडा कार्यालयहरुको सेवाबाट सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ । हालै इजलास मिडिया प्रालिले वडा–वडामा गरेको नागरिक अभिमत सर्वेक्षणमा वडा कार्यालयबाट पाएको सेवाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञासामा ५३ प्रतिशत नगरवासीले सन्तुष्ट रहेको प्रतिक्रिया जनाएका थिए । ३८ प्रतिशतले ठिकै र ९ प्रतिशतले असन्तुष्ट…