अम्बिका भण्डारी झापा, ५ भदौ - मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेर्नु भएको छ । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याउनु भएको छ ।“गाउँमा हात्तीका हुल पस्छन्,” उहाँले भन्नुभयो,“परैबाट हात्ती तर्सियोस् भनेर वरिपरि तारको घेराबेरा गरेका हौं ।” उहाँले मात्र होइन, जंगल छेउका अधिकांश गाउँमा…