जग्गा सहयोग गर्ने दाताहरुलाई सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका ५ र ७ संयुक्त कैलाश घाट व्यवस्थापन समितिले एक कार्यक्रमका बीच घाटलाई आवश्यक जग्गा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । संस्थाद्वारा शनिबार वडा नम्बर ७ को वडा कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय सूर्योदय डेरी उद्योग प्रालिबाट आधुनिक घाट निर्माणका लागि ५ कठ्ठा नम्बरी जग्गा सहयोग भएकोमा प्रालिका संचालकहरुलाई सम्मान गरेको हो…