हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

ढाका, २१ साउन । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ । यो घर शेख हसिनाका पिता र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानले पुनर्निर्माण गरेका थिए। पहिले यो ठाउँ इस्टेट राजबारी भनेर चिनिन्थ्यो।…