बिर्तामोड । झापाको गौरीगञ्ज – १ महाभारामा साकेलाथान निर्माण भइरहेको छ । हरेक वर्ष साकेला नृत्य गर्दै आएका महाभाराका किरात समुदायले साकेलाथान निर्माण गरिरहेका हुन् । स्थानीय डम्बर बहादुर राईको परिवारले १५ धुर जग्गा उपलब्ध गराएपछि गत वर्षदेखि खेलमैदान नजिकै साकेला नाच प्रस्तुत गर्न थालिएको प्रकाश राईले जानकारी दिए । ०५२ सालमा कमल खोला नजिकै…