विराटनगर । कोशी प्रदेशमा सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले बिहीवारबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै नागरिकको घर…