कक्षा १२ को परीक्षा वैशाख २१ बाटै हुने पक्का

काठमाडौं । आन्दोलनरत् शिक्षक महासंघसँग सरकारको सहमतिपछि २९ दिनदेखि ठप्प शैक्षिक गतिविधि खुलेको छ । योसँगै यही वैशाख २१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा पनि निर्धारित मितिमा सञ्चालन हुने भएको छ । यसअघि वैशाख ११ देखि परीक्षा तय भएकोमा शिक्षकको सडक आन्दोलनको असहज परिस्थितिको कारण देखाउँदै १० दिन पर सारिएको थियो । ९…