बाहुनडाँगीबासीले बाँसको जराबाट हात्ती बनाएर बेच्न थाले

मेचीनगर । वर्षौँदेखि हात्तीबाट पीडित बाहुनडाँगीबासीले बाँसको जराबाट हात्तीको चित्र बनाएर बेच्न थालेका छन् । दिनरात मेहेनत गरेर बाहुनडाँगीका किसानले लगाएको धानबाली खाने, नष्ट गर्ने, घरै भत्काउने र बेला बेला लखेटी लखेटी ज्यानै लिने गरेपछि बाँसको जराबाट हात्ती कै हस्तकलाको सामग्री बनाएर बेच्न थालेका हुन् । हात्ती, चराचुरुङ्गी, वन्यजन्तु तथा अन्य आकर्षक सामग्रीहरुको चित्र बनाएर…