बिर्तामोडमा कालोपत्रे र पेवर्स मात्रै २१३ किमि, बाँकी सडकको काम २ वर्षभित्र सम्पन्न गर्ने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सडक सञ्जालको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले भौतिक पूर्वाधार तर्फ सडक क्षेत्रमा जनताले महसुस गर्ने गरि काम गरेको जानकारी दिनुभयो । उहाँले बिर्तामोड नगरपालिकाले कालोपत्रे र पेवर्स २१३ मिलोमिटर सम्पन्न गरेको बताउनुभयो । उपप्रमुख संग्रौलाका अनुसार ३०६.५२ किलोमिटर ग्राभेल गरिएको छ ।…