झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

बिर्तामोड । मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ गरिएको जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि सबै सरोकारवाला निकायबीच समन्वय हुने गरी एकीकृत कार्ययोजना कार्यान्वयनमा ल्याएको उहाँले…