चन्द्रगढी सामुदायिक वनको मिलबाट अवैध ८३.५२ क्युफिट काठ बरामद

भद्रपुर । भद्रपुर–१० स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मिलमा अवैध काठ चिरान गरिरहेको फेला परेको छ । डिभिजन वन कार्यालय झापाले शुक्रवार बेलुका साढे ४ बजे चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मिलमा अवैध रुपमा चिरान गरिरहेको अवस्थामा ८३.५२ क्युफिट सखुवाको चिरान काठ बरामद गरेको छ । कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ…