मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् । सुदुरपुर्वमा रहेको नेपालकै ठुलो मध्येको नगरपालिका मेचीनगर नगरपालिकामा पन्द्रवटा वडा…