सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

मनोज अधिकारी इलाम, १९ पुस - चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त हुनुहुन्छ । “पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन”, अधिकारीले भन्नुभयो, “यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने…