काठमाडौँ - बुटवलस्थित सुप्रिम सहकारी ठगीका एक प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा आज (बिहीबार) थुनछेक बहस सुरु हुँदै छ। बुधबार आफैँ अदालतमा हाजिर भएका लामिछानेले जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान दिए। बयान सकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर अदालतबाट पठाइएको थियो। अब आज…