कोशीमा स्वास्थ्य ऐन चाँडै ल्याउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले मानव जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै ऐन ल्याएर अझ व्यवस्थित गरिने उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले…