देशकै पुरानो भद्रपुर नाकाबाट वर्षौंदेखि निर्यात शून्य

झापा, १० भदौः विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट…