अर्जुनधारा ‘ग्याङ रेप’ मा लंका होटलका दुई स्टाफ पक्राउ

बिर्तामोड । अर्जुनधारामा १६ बर्षकी युवतीमाथी भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ । त्यसअघि प्रहरीले हिजो…