झापा अदालतको प्रमुख न्यायाधीश लुइँटेललाई स्वागत

भद्रपुर । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आउनुभएको छ । दुई वर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछि उहाँ आउनुभएको हो । शुक्रवार एक कार्यक्रमका बीच प्रमुख न्यायाधीश लुइँटेललाई झापा जिल्ला अदालतमा स्वागत गरिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार…