आदिवासी जनजातीको संस्कार र परम्परालाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले आदिवासी जनजातीहरूको पहिचानलाई थप परिस्कृत बनाउन आफू लागिपरेको समेत बताउनुभयो । सो अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी…