एकराज प्रधान बिर्तामोड । बुधबार चर्को गर्मीसँगै बिर्तामोडको क्युएफएक्स सिनेमा हलको माहोल पनि तात्तिएको थियो । साहित्यकार र साहित्यप्रेमीहरुको निकै ठूलो जमघट थियो । खासमा यो जमघट चलचित्र हेर्नका लागि थिएन, ‘मनसरा पोइट्री कन्सर्ट’ का लागि थियो । सिनेमा हलभित्रको चकमन्न वातावरणमा कवि उपेन्द्र सुब्बा कविता पस्कँदै थिए । चालिसेले छोएपछि मान्छेले कस्तो सोच्छ भन्ने…