२३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

बिर्तामोड। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका २३ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम…