बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ । भवनको नवनिर्मित माथिल्लो तलाको माधवी व्याङक्वेट हलमा मंगलवार शिविरको आयोजना गरी कोशी प्रदेशभरिका २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो । आर्थिक अभावमा कृmत्रिम खुट्टा लगाउन नपाएका मानिस छनोट गरी उनीहरुलाई शिविर…