बैशाख १०, २०८२ बुधबार

खराब मौसमका कारण उडेका ११ वटा हेलिकप्टर तितरबितर

काठमाण्डौ । खराब मौसमका कारण सोलुखुम्बुबाट उडेका ११ वटा हेलिकप्टर तितरबितर भएका छन् ।

८ वटा हेलिकप्टर सोमबार काठमाण्डौबाट रुम्जाटार बसेर मंगलबार बिहान लुक्ला नजिकैको सुर्केबाट काठमाण्डौका लागि उडेका थिए । यस्तै शुक्रबारदेखि लुक्लामा रोकिएका ३ वटा हेलिकप्टर पनि मंगलबार बिहान काठमाण्डौका लागि उडेका थिए ।

मौसम खुलेको मौकामा सिम्रिक र कैलाश एअरका एक–एक वटा हेलिकप्टर बिहान साढे ८ बजे नै काठमाण्डौ अवतरण भएका थिए । अरु ८ वटा हेलिकप्टर पनि लस्करै काठमाण्डौको लागि उडे, अन्तिम एउटा हेलिकप्टर उड्न नपाउँदै मौसम बिग्रियो । सुर्केमै रह्यो । काठमाण्डौका लागि उडेका ८ वटा हेलिकप्टर केही सिन्धुली, केही पाँचखालको खेतमा अनि केही धुलिखेलमा सुरक्षित अवतरण गरे ।

दिनभरि रोकिएपछि ८ वटा हेलिकप्टरमध्ये सिम्रिकका २ वटा, अल्टिच्यूडको एउटा, कैलाशको एउटा र मनाङको एउटा हेलिकप्टर काठमाण्डौ अवतरण गरे । तर फेरि मौसम बिग्रिएपछि सिम्रिक, श्री र समिट एअरका एक–एकवटा हेलिकप्टर रामेछापको मन्थली विमानस्थलमा बास बस्न गएका छन् । सोलुमै रोकिएको एअर डाइनेस्टीको हेलिकप्टर सोलुको सुर्केबाट बास बस्न लुक्ला तर्फ गएको छ ।

वायु सेवा सञ्चालक संघ भन्छ : आकस्मिक अवतरण होइन, सुरक्षित अवतरण हो

वायु सेवा सञ्चालक संघले सञ्चार माध्यममा हेलिकप्टरको आकस्मिक अवतरण भएको भनेर आएको समाचारको खण्डन गरेको छ । मौसम प्रतिकुलताका कारण पाइलटले सुरक्षित अवतरणको प्रक्रिया अपनाएको संघको विज्ञप्तिमा उल्लेख छ ।

संघले सुरक्षित अवतरण गराएकोमा सबै पाइलट कुशलताको प्रशंसा पनि गरेको छ । हेलिकप्टरका यस्ता उडान र अवतरण सामान्य प्रक्रिया भएकाले आकस्मिक नभनी सुरक्षित अवतरणको रुपमा लिइदिन पनि वायु सेवा सञ्चालक संघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]