जेष्ठ ११, २०८२ शनिबार

काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ वटा दुर्घटना

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

नक्सालमा प्रदेश ३ ०२ ००२ प ९७३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काठमाण्डौ चावहिलका २२ वर्षीय प्रल्हाद केसीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा हिमाल अस्पताल कमलपोखरीमा बुधबार राति नै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका २५ वर्षीय अनिश बस्नेत घाइते हुनुभएको छ । उपत्यकामा अरु १८ वटा दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

ट्राफिक नियम पालना नगर्ने ५ सय ५७ जना चालक कारबाहीमा परेका छन् । यात्रुबाट बढी भाडा लिने, लेन मिच्ने, तीव्र गतिमा गाडी गुडाउने ५ सय ५७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, मादक पदार्थ सेवन गरेर गाडी चलाउने १ सय ३३ जना चालकलाई पनि कारबाही गरिएको छ ।

दशैँ मनाएर काठमाण्डौ उपत्यका भित्रिने यात्रुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय २१ गाडीमा ७० हजार ६ सय ५९ जना यात्रु भित्रिएका छन् । यस्तै, साढे ९ हजार गाडीबाट ५६ हजार ७ सय ५ वटा गाडी बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि बुधबारसम्म बाहिरिने यात्रुको संख्या धेरै थियो ।

यस वर्ष दशैँ मनाउन झण्डै २६ लाख मानिस उपत्यका बाहिर गएका छन् । उनीहरु क्रमशः भित्रिन थालेपछि काठमाण्डौ उपत्यकाका मुख्य–मुख्य चोकमा ट्राफिक जाम हुन थालेको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]