Banner news

विश्व सम्पदा सूचीमा रहेको जापानको शुरी दरबार आगलागीबाट ध्वस्त

विश्व सम्पदा सूचीमा रहेको जापानको शुरी दरबार आगलागीबाट ध्वस्त


जापानको दक्षिणी टापू ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा रहेको शुरी दरबारमा बिहीबार बिहान आगलागीबाट ध्वस्त भएको छ ।

आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहेको छ ।

बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्निनियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यसलगत्तै अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।

झण्डै पाँच सय वर्षअर्घि यूक्यू राजवंशका लागि राजदरबारका रुपमा निर्माण गरिएको शुरी दरबार पटक पटक आगलागीमा पर्दै र पुनर्निमाण हुँदै आएको थियो । यस अघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको ओकिनावा युद्धका बेला यो ध्वस्त भएको र अहिलेको स्वरुपमा पुनर्निमाण गरिएको थियो।

शेयर गर्नुहोस :

0
Shares