जेष्ठ ४, २०८२ शनिबार

आगाे ताप्ने क्रममा जलेर वृद्धाकाे मृत्यु

बारा – प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाकाे ज्यान गएको छ ।

त्यस्तै आगाे ताप्ने क्रममा एक जना वृद्धा घाइते भएकी छिन् । घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डाै ल्याउने क्रममा आइतबार बेलुकी ज्यान गएको हो ।

घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।

प्रकाशित मिति : पुष १४, २०७६ सोमबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]