Banner news

शैक्षिक सुधारका लागि १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

शैक्षिक सुधारका लागि १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

sf7df8f}F, & h]7M k|d cf]nL–kqsf/ ;Dd]ng k|wfgdGqL s]kL zdf{ cf]nL z’qmaf/ k|wfgdGqL lgjf; afn’jf6f/df kl5Nnf] /fhgLlts kl/l:yltaf/] kqsf/ ;Dd]ng ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।

निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।’

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu