Banner news

विद्यालय बन्द कायमै राख्न सरकारलाई सिफारिस

विद्यालय बन्द कायमै राख्न सरकारलाई सिफारिस

tl:a/ SofK;g M emfkfsf] latf{df]8 gu/kflnsf # l:yt dx]Gb| /Tg dfWolds ljBfno . tl:a/ M ch'{g÷sflGtk’/

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

शुक्रवार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि बैठकले गरेको छ । साथै, खोप केन्द्रहरुलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares