Banner news

आज सरकार र शिक्षकबीच पुनः वार्ता हुने

आज सरकार र शिक्षकबीच पुनः वार्ता हुने


काठमाडौँ–सरकार र नेपाल शिक्षक महासंघबीच हिजो भएको बैठक निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुने भएको छ । हिजो साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्नेगरी बैठक सहिएको थियो ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँले वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताउनुभयो । आजको वार्तामा पनि आफूहरुका माग सम्बोधन नभए आन्दोलनले निरन्तरता पाउनु उहाँले बताउनुभयो । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ ।

शेयर गर्नुहोस :

0
Shares