एजेन्सी । फिफा विश्वकप २०२६ को समापनसँगै फिफाले प्रतियोगिताका उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न पुरस्कार प्रदान गरेको छ।
विश्वविजेता स्पेनका मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भए। रोड्रीको नेतृत्वमा स्पेनले इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जितेको छ।

फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे लगातार तेस्रो विश्वकप फाइनल पुग्न नसके पनि ८ खेलमा १० गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने र गोल्डेन बुट आफ्नो नाममा लेखाए।
स्पेनका गोलरक्षक उनाइ सिमोनले ८ खेलमध्ये ७ खेलमा क्लिन सिट राख्दै उत्कृष्ट गोलकिपरका रुपमा गोल्डेन ग्लोभ जिते। अर्जेन्टिनाविरुद्धको फाइनलमा अतिरिक्त समयमा १-० को जित दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेले।
स्पेनका युवा डिफेन्डर पाउ कुबार्सी ले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको रक्षापंक्तिलाई मजबुत बनाए। स्पेनले पूरै प्रतियोगितामा केवल एक गोल मात्र बेहोरेको थियो। त्यसै प्रदर्शनका आधारमा उनले उत्कृष्ट युवा खेलाडी पुरस्कार प्राप्त गरे।
विश्वकप २०२६ का व्यक्तिगत पुरस्कार विजेता
– गोल्डेन बल (सर्वोत्कृष्ट खेलाडी) – रोड्री (स्पेन)
– सिल्भर बल – लियोनेल मेस्सी (अर्जेन्टिना)
– ब्रन्ज बल – किलियन एमबाप्पे (फ्रान्स)
– गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) – किलियन एमबाप्पे (फ्रान्स) – १० गोल
– सिल्भर बुट – लियोनेल मेस्सी (अर्जेन्टिना) – ८ गोल
– ब्रन्ज बुट – जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड) – ७ गोल
– गोल्डेन ग्लोभ (उत्कृष्ट गोलरक्षक) – उनाइ सिमोन (स्पेन)
– उत्कृष्ट युवा खेलाडी पुरस्कार – पाउ कुबार्सी (स्पेन)
– फिफा फेयर प्ले ट्रफी – नेदरल्यान्ड्स







प्रतिक्रिया