काठमाडौँ, २० भदौ। मौसम कहिले र कति छिटो परिवर्तन हुन्छ भन्ने कुराको पूर्वानुमान गर्नु सधैँ सहज हुँदैन। केही किलोमिटरको दूरीमा पनि तापक्रममा ठूलो अन्तर देखिन सक्छ, साथै अचानक हुने वर्षा वा तीव्र हावाहुरीले मौसमको अवस्थालाई पूर्ण रूपमा बदल्न सक्छ। यस्तो अवस्थामा, मौसमसम्बन्धी सही र समयमै प्राप्त हुने जानकारी अत्यन्त महत्त्वपूर्ण हुन्छ- दैनिक योजनाका लागि मात्र नभई कृषि, विद्युत् उत्पादन र प्रतिकूल मौसमको पूर्वतयारीका लागि पनि।
यसै क्रममा, गुगलले आफ्नो नयाँ एआई मोडल ‘वेदर नेक्स्ट ३’ सार्वजनिक गरेको छ, जसले पहिलेको तुलनामा अझ छिटो र उत्कृष्ट रिजोल्युसनसहित मौसमको पूर्वानुमान प्रदान गर्ने दाबी गर्छ। आउनुहोस्, गुगलको यो नयाँ एआई मोडल ‘वेदर नेक्स्ट ३’ का बारेमा विस्तृत रूपमा जानौँ।

गुगल डिपमाइन्ड र गुगल रिसर्च ले ३ सेप्टेम्बरमा ‘वेदरनेक्स्ट ३’ सार्वजनिक गरेकाे छ । कम्पनीका अनुसार, यो हालसम्मकै सबैभन्दा उन्नत विश्वव्यापी मौसमसम्बन्धी एआई मोडल हो। यसले प्रत्यक्ष भू-स्थिर उपग्रहको तथ्याङ्कबाट सिधै जानकारी लिन्छ र हरेक घण्टा मौसमको नयाँ पूर्वानुमान तयार गर्न सक्छ।अघिल्लो मोडल ‘वेदर नेक्स्ट २’ मा २५ किलोमिटरको ग्रिडमा हरेक ६ घण्टामा मौसमको पूर्वानुमान गरिन्थ्यो।
तर, यसको विपरीत, ‘वेदर नेक्स्ट ३’ ले सतह-स्तरको मुख्य मौसमी तथ्याङ्क ५ किलोमिटरको रिजोल्युसनमा देखाउँछ। यसले अन्य सतहसम्बन्धी तथ्याङ्कका लागि १० किलोमिटर र वायुमण्डलीय तथ्याङ्कका लागि २५ किलोमिटरको रिजोल्युसन प्रयोग गर्दछ। गुगलका अनुसार, यसले विश्वव्यापी मौसमको स्थितिलाई अघिल्लो मोडलको तुलनामा करिब पाँच गुणा बढी स्पष्ट बनाउँछ।
‘वेदर नेक्स्ट ३’ लाई विशेष गरी वर्षाजस्ता तीव्र रूपमा परिवर्तन हुने मौसमी अवस्थाका लागि अनुकूलित गरिएको छ। यो मोडललाई नासाको आइएमइआरजी तथा स्याटेलाइट तथा स्याटेलाइट र राडारमा आधारित विश्वव्यापी वर्षासम्बन्धी तथ्याङ्क प्रयोग गरी प्रशिक्षित गरिएको हो। ब्राइटब्यान्डका अनुसार, मध्यम-अवधिको मौसम पूर्वानुमानमा वेदर नेक्स्टले आइएमइआरजी तथा स्याटेलाइटको तुलनामा ६० प्रतिशतसम्म राम्रो नतिजा दिएको छ भने एमआरएमए को तुलनामा ३० प्रतिशतसम्म सुधार देखाएको छ। साथै, प्रारम्भिक चरणको पूर्वानुमानमा यसले ‘रेन गेज’ (Rain Gauge) को तथ्याङ्कभन्दा १० प्रतिशतसम्म उत्कृष्ट प्रदर्शन गरेको छ।
‘वेदर नेक्स्ट ३’ को प्रयोग केवल मौसमको जानकारी लिनमा मात्र सीमित रहनेछैन। यस मोडलले १०० मिटरको उचाइमा हावाको गति अनुमान गरी वायु ऊर्जा उत्पादनको आकलन गर्न सक्छ। साथै, यसले उच्च-रिजोल्युसनमा बादलको अवस्था र सौर्य विकिरणको स्तरबारे पूर्वानुमान गर्छ, जसले सौर्य ऊर्जा फार्महरूलाई आफ्नो सम्भावित ऊर्जा उत्पादन क्षमता अझ राम्रोसँग अनुमान गर्न सक्षम बनाउँछ।
गुगलले आफ्नो नयाँ ‘वेदर नेक्स्ट ३’ मोडललाई सर्च , जेमिनी एप, गुगल म्याप्स, गुगल म्याप्स प्लेटफर्म वेदर एपीआई र गुगल अर्थ इन्जिनमा प्रयोगमा ल्याउन थालेको छ। यसका साथै, बिगक्वेरी, अर्थ इन्जिन र गुगल क्लाउड स्टोरेजमार्फत विकासकर्ता, अनुसन्धानकर्ता र व्यावसायिक प्रयोगकर्ताहरूका लागि मौसमसम्बन्धी तथ्याङ्क उपलब्ध गराइँदै छ।
गलका अनुसार, यो मोडल ल्याटिन अमेरिका, अफ्रिका र एसिया-प्रशान्त क्षेत्रजस्ता भू-भागका लागि विशेष रूपमा महत्त्वपूर्ण छ।








प्रतिक्रिया