काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले जेन–जी आन्दोलन एक वर्ष पूरा गरेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै कार्कीले एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको उल्लेख गरेकी छन् । उनले नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदाआवाज दबाउने नाममा निर्दोष नवयुवाको ज्यान लिइएको बताउँदै भनेकी छन्, ‘कयौँ युवाहरूले जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्यो ।’
उनले जेन–जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको बताउँदै अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्ने बताएकी छन् ।








प्रतिक्रिया