मुख्य समाचार

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित


काठमाडौँ, २५ भदौः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसङ्ख्या छन् ।
बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र ३२ हजार ९६३ जनसङ्ख्या प्रभावित छन्, प्रभावित जनसङ्ख्यामध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्”, प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
कुन जिल्लामा कति प्रभावित ?
बाढीका कारण रसुवाका चार स्थानीय तहका १६ वटा वडा प्रभावित भएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–१, २, ३, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त एक हजार ३०३ घर÷भवनका एक हजार ४४४ घरधुरीमा रहेका पाँच हजार ७४३ मानिस प्रभावित भएका छन् ।
कालिका गाउँपालिका–१ प्रभावित भएको छ । उक्त पालिकामा क्षतिग्रस्त ११४ भवनका ११९ घरधुरीमा रहेका ४९१ मानिस प्रभावित भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाका–१, २, ४ र ५ प्रभावित भएका छन् । यहाँ बाढीका कारण क्षतिग्रस्त ७६ भवनका ७७ घरधुरीमा रहेका ३१३ मानिस प्रभावित भएका छन् ।
उत्तरगया गाउँपालिका–१, २, ३, ४ र ५ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त ६६५ भवनका ६९६ घरधुरीमा रहेका दुई हजार ७१९ मानिस प्रभावित भएका छन् ।
नुवाकोट
नुवाकोटमा चार स्थानीय तहका २१ वटा वडा प्रभावित भएका छन् ।
बेलकोटगढी नगरपालिका–५, ७ र ८ प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यहाँ बाढीका कारण क्षतिग्रस्त एक हजार ८३ भवनका एक हजार १२७ घरधुरीमा रहेका  चार हजार ४८३ मानिस प्रभावित भएका छन् ।
विदुर नगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका पाँच हजार २२८ भवनका पाँच हजार ९२८ घरधुरीमा रहेका २३ हजार २३० मानिस प्रभावित भएका छन् ।
किस्पाङ गाउँपालिका–५ प्रभावित भएको छ । बाढीका कारण क्षतिग्रस्त यहाँका ९०६ भवनका ९३९ घरधुरीमा रहेका तीन हजार ३८२ मानिस प्रभावित भएका छन् ।
तारकेश्वर गाउँपालिका–२ र ४ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका १७८ भवनका १८५ घरधुरीमा रहेका ६६५ मानिस प्रभावित भएका छन् ।
धादिङ
धादिङ जिल्लामा चार स्थानीय तहका १९ वटा वडा प्रभावित भएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–३, ५, ७, ९ र १० प्रभावित भएका छन् । बाढीका कारण अनुमानित एक हजार ७२३ भवन क्षति भएको करिडोर तथा बफर क्षेत्रमा पर्छन् । जसमा रहेका एक हजार ९०५ घरधुरीमा आठ हजार ६८ मानिस प्रभावित भएका छन् ।
गजुरी गाउँपालिका–१, २, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा ३५३ भवन, ३९६ घरधुरी र एक हजार ५८९ मानिस छन् ।
गल्छी गाउँपालिका–१, २, ४, ६ र ८ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको क्षेत्रमा ७६६ भवन, ८४० घरधुरी र तीन हजार ३६३ मानिस छन् ।
सिद्धलेक गाउँपालिका–३, ४, ६ र ७ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा अनुमानित ७५८ भवन, ७८१ घरधुरी र तीन हजार १७० मानिस छन् ।
गोरखा
गोरखाका दुई स्थानीय तहका १० वटा वडा प्रभावित भएका छन् ।
गण्डकी गाउँपालिका–१, २, ६, ७ र ८ प्रभावित भएका छन् । यहाँका क्षति पुगेको क्षेत्रमा ५९३ भवन, ६१७ घरधुरी र दुई हजार ४७८ मानिस छन् ।
सहिद लखन गाउँपालिका–३ र ४ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा १३८ भवन, १४६ घरधुरी र ५५१ मानिस छन् ।
चितवन
चितवनमा इच्छाकामना गाउँपालिका–३, ४, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवन छन् । जसमा ९१० घरधुरी र चार हजार ९० मानिस प्रभावित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares