बिर्तामोड । झापाको बिर्तामोडमा नेकपा एमालेको मिसन जागरण अभियान सुरु भएको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच जागरण अभियान शुभारम्भ गरिएको हो । एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री देवेन्द्र दाहालले अभियानको शुभारम्भ गरेका हुन् ।
एमालेले पार्टीलाई जनताको घरघरसम्म पुराउन मिसन जागरण अभियान सुरु गरेको छ । बिर्तामोडका उत्प्रेरकहरुलाई अभिमुखिकरण प्रदान गर्दै अभियानको सुरुवात गरिएको हो । जनताको बिचमा जाँदा आउने प्रश्नहरुको समाधान लिएर जान उत्प्रेरकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ । जनताका समस्याहरुको पहिचानसँगै समाधानका लागि टोलटोलमा एमालेले उत्प्रेरकहरु परिचालन गरेको हो । वडा तहसम्म उत्प्रेरकहरुलाई प्रशिक्षण प्रदान गर्दै पार्टीले नगरस्तरीय कार्यक्रम आयोजना गरेर अभियानको शुभारम्भ गरेको हो । उत्प्रेरकहरुले जनताका समस्या सम्बोधन गर्दै पार्टी निर्माणमा खटिने छन् ।

कार्यक्रमका प्रमुख अथिती दाहालले राष्ट्रिय राजनीतिक घटनाक्रम, मुलुकमा भएका परिवर्तन, एमाले सरकारले गरेका काम, जेनजी आन्दोलन, जनताका समस्याहरुका बारेमा सहजीकरण गरेका थिए । उनले जनताको प्रिय पार्टी बनाउन जनताको घरघरमा पुगेर समस्या समाधानमा लाग्न सूझाव दिए ।
शुभारम्भ कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई लगायतले सम्बोधन गरेका थिए ।
पार्टी नगर उपाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अम्बिका लिङदेनले गरेका थिए ।








प्रतिक्रिया