मुख्य समाचार

मेरै सरकारको पालामा बजार उदण्ड भयो – सांसद प्रसाईँ

मेरै सरकारको पालामा बजार उदण्ड भयो – सांसद प्रसाईँ


काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईंले आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेका बेला महँगीले छलाङ मारेको टिप्पणी गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्याज, चिनी, चामललगायतको भाउ बढेको बताए ।

“एकातिर देश विपद्ले छटपटाइरहेको बेला अर्कोतिर बजार उदण्ड भयो र मेरै सरकारको पालमा महंगीले अग्रगामी छलाङ लगायो,” उनले भने ।

उनले चिल्ला गाडी चढ्नेलाई असर नपरे पनि आफूहरूजस्ताको ढाड सेकिएको टिप्पणी गरे ।

नयाँ आएको उद्योगमन्त्रीलाई नयाँ जोगीले खरानी घस्छ भनेजस्तो नगर्न आग्रह गरे । कालोबजारी नियन्त्रणका निम्ति भूमिका निर्वाह गर्न उनको आग्रह छ ।

शेयर गर्नुहोस :

54
Shares