बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारमा सागसब्जी विक्री गर्न आएका एक किसान भदौं ३० गते विहानबाट वेपत्ता भएका छन् । बाह्रदशी गाउँपालिका वडा नं. ३ राधानगरका ४० वर्षीय श्याम प्रसाद शाह भदौं ३० पछि परिवारको सम्पर्कमा नआएको भतिज डिजनकुमार शाहले जानकारी दिए ।

शाह सागसब्जी विक्री गर्न घरबाट विहान ३ बजे बिर्तामोड आएका थिए । सागसब्जी विक्री गरेर कृषि विकास बैंकमा काम छ भनेर बिर्तामोडमै बसेका शाह हालसम्म सम्पर्कमा नरहेको परिवारको भनाई छ । वेपत्ता भएका शाहका काका पर्ने प्रदीप शाहले व्यापार सकेपछि घर जाऔं भन्दा बैंकमा काम छ भन्दै बिर्तामोडमा बसेको थिए । काका प्रदीपले उनलाई कृषिथोक बजारमै ९ बजे भेटेर घर फर्किएका थिए । काकालाई काम सकेर दिउँसो आउनु भनेका थिए, भतिज डिजनले भने ।
परिवारका अनुसार श्यामप्रसादले २ लाख रुपैयाँ बोकेर घरमा बैंकमा बुझाउन भन्दै लिएर आएका थिए । परिवारले बुझ्दा उनी बैंक नगएको बुझिएको छ । परिवारले उनको खोजीका लागि इलाका प्रहरी कार्यालय अनारमनी र राजगढमा निवेदन पेश गरेको छ ।








प्रतिक्रिया