बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारमा सागसब्जी विक्री गर्न आएका बाह्रदशीका किसान ४० वर्षीय श्याम प्रसाद शाह वेपत्ता भएको चौथो दिनपछि परिवारको सम्पर्कमा आएका छन् । उनी भदौं ३० गते विहानबाट वेपत्ता भएका थिए । आज बिहान भारत विहारस्थित कुपाघाटमा रहेको खवर परिवारले पाएको छ ।

बाह्रदशी गाउँपालिका वडा नं. ३ राधानगरका ४० वर्षीय शाह कृषिथोक बजार बिर्तामोडमा सागसब्जी विक्रीका लागि आएको भतिज डिजनकुमार शाहले जानकारी दिए । शाह सागसब्जी विक्री गर्न घरबाट विहान ३ बजे बिर्तामोड हिडेका उनी सोही दिन विहान ९ बजेदेखि परिवारको सम्पर्कमा थिएनन् ।
सागसब्जी विक्री सकेर कृषि विकास बैंकमा काम छ भनेर बिर्तामोडमै बसेका शाह वेपत्ता भएपछि परिवारले खोजीका लागि बिर्तामोड र राजगढ प्रहरीमा निवेदन दिएको थियो ।
वेपत्ता भएका शाहका काका पर्ने प्रदीप शाहले व्यापार सकेपछि घर जाऔं भन्दा बैंकमा काम छ भन्दै बिर्तामोडमा बसेको थिए । काका प्रदीपले उनलाई कृषिथोक बजारमै ९ बजे भेटेर घर फर्किएका थिए । काकालाई काम सकेर दिउँसो आउछु भनेका श्याम हिजो मात्रै परिवारको सम्पर्कमा आएको भतिज डिजनले जानकारी दिए ।








प्रतिक्रिया