दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले इकाई गत १७ औं बार्षिक साधारण सभा शुरु गरेको छ ।
दमक – ६ स्थित संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रमबीच झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाले सो साधारण सभाको उदघाटन गर्नु भएको हो ।

जिल्ला सहकारी संघ अध्यक्ष कोइरालाले झापाका सहकारी संस्थाहरु मध्ये बचत तथा ऋणको कारोबारका आधारमा सूर्यदर्शन सहकारी जिल्लाकै एघारौ स्थानमा रहेको उल्लेख गर्नु भयो । उहाँले शेयर सदस्यहरुले संस्थाका सम्पूर्ण कारोवार र गतिविधिहरुको समीक्षा र भावी योजनाहरुको तर्जुमा गर्ने मुख्य स्थान भनेकै साधारण सभा भएकाले यसमा संस्थागत सवाल जवाफ गर्न सुझाव दिनु भयो ।
राष्ट बैकले सबै बैकलाई नियम गर्ने गरेता पनि सहकारीलाई भने सहकारी मन्त्रालय,विभाग हुदै केन्द्रले वडा तह सम्मले नियमन गर्ने गरेको अध्यक्ष कोइरालाले गुुनासो गर्नु भयो ।
सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको उदघाटनको अवसरमा संस्थाले आर्थिक बर्ष २०८२-०८३ को सर्वोत्कृष्ट कर्मचारीका रुपमा मेघराज आचार्यलाई सम्मान गरिएको छ ।
यस्तै गरी संस्थाको स्थापनाकालदेखि नै कार्यरत केही समय अघि अवकाश प्राप्त कर्मचारी गोपाल पौडेललाई नगद र सम्मान पत्रबाट सम्मान गरिएको निर्मित्त ब्यवस्थापक राज कुमार खड्काले जानकारी दिनु भयो । त्यसैगरी संस्थाले गत आर्थिक बर्षमा कार्यालय खुलेका सबै दिन नियमित रुपमा इमान्दार पूर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने आठ जना कर्मचारीलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीहरुमा याम बहादुर कार्की,निर्मल रिजाल,सुजित शर्मा र अर्जुन खतिवडा लगायत रहेको संस्थाको सञ्चालक समिति सचिव कमल प्रसाद नेपालले बताउनु भयो ।
संस्थाका सम्मानित कर्मचारीहरुलाई अध्यक्ष सापकोटा,प्रमुख अतिथि कोइरालाले सम्मान गर्नु भएको थियो । सो कार्यक्रममा अध्यक्ष सापकोटाले अध्यक्ष प्रतिवदेन र लेखा समिति संयोजक डिल्लीराम मुखियाले संस्थाको बार्षिक लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका छन् ।








प्रतिक्रिया