मुख्य समाचार

संविधान दिवसमा बिर्तामोडमा ६१ जनाद्वारा रक्तदान

संविधान दिवसमा बिर्तामोडमा ६१ जनाद्वारा रक्तदान


बिर्तामोड । संविधान दिवसको अवसरमा बिर्तामोडमा आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीले संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा (एमाले) बिर्तामोड वडा नं. ३ को सह–आयोजनामा आयोजित बृहत् रक्तदान कार्यक्रममा ११ महिला र ५० पुरुष गरि ६१ जनाले रक्तदान गरेको पार्टीका नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले रक्तदान गर्नेहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल रेडक्रम सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा जनप्रतिनिधिहरु, स्थानीय युवा विद्यार्थी, राजनीतिकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares