मुख्य समाचार

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु


भद्रपुर – झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले राससलाई जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । छातीमा गम्भीर चोट लागेका उहाँको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बिहीबार झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares