बिर्तामोड

अनसनरत जेनजी घाइतेलाई भेटेर साम्पाङले लेखे – तुरुन्तै जायज मागहरु पूरा गर्नुहोला

अनसनरत जेनजी घाइतेलाई भेटेर साम्पाङले लेखे – तुरुन्तै जायज मागहरु पूरा गर्नुहोला


झापा । बिर्तामोडमा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भेटेका छन् । झापा आएका साम्पाङले आज अनसनरत दनुवारलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

भेटपछि उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ज्यू… तपाईं जेनजी आन्दोलनको नाइके र त्यही आन्दोलनबाट उठेको पार्टीबाट बनेको सरकारको गृहमन्त्री ! आज झापा बिर्तामोड बजारमा जेनजी आन्दोलनमा गोलि लागेको घाइँते विवेक दनुवार विगत ५ दिन देखि आमरण अनसन बसिरहेको रैछ ! यसरी अन्दोलन गरिरहन अनसन बसिरहन बाध्य नपारिवोस् ! तुरुन्तै जायज मागहरु पूरा गर्नु होला !’

जेनजी घाइतेहरुको जीवन रक्षाको माग गर्दै दनुवार पाँच दिनदेखि अनसन बसिरहेका छन् । जेनजी घाइतेहरुलाई निशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेण्टीको माग गर्दै आमरण अनसन बसेको सहयोगी मनोज कडरियाले जानकारी दिए ।

अनसनको दोस्रो दिनमा स्वास्थ्य समस्या भई उनलाई विएण्डसी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट चौथो दिनमा उनलाई फेरि सडकमा ल्याइएको हो । आफूहरुको माग पूरा नभएसम्म अनसन जारी राख्ने जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares