दमक । झापाको दमक नगरपालिका–८ मा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । बालमैत्री वडा घोषणा गर्न योग्य भए–नभएको मूल्याङनका लागि जिल्ला समन्वय समिति झापाको टोलीले मंगलवार स्थलगत अनुगमन गरेको हो । टोलीले वडा क्षेत्रमा रहेका शैक्षिक तथा स्वास्थ्य संस्थाको अवस्था, बालमैत्री सूचकहरूको कार्यान्वयन तथा सेवा–सुविधाको अवस्थाबारे निरीक्षण गरेको जनाएको छ । जिल्ला…