दमक । झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्ने बित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो । ‘आज राति कतिखेर रतुवा उर्लिएर घर पस्छ ?’ भन्ने चिन्ता हरेक घरमा उस्तै हुन्थ्यो । बाढी आएपछि भागेर सुरक्षित स्थानमा पुग्ने राम्रो बाटो…